Below Menu
Below Menu

लक्ष्मी सनराइज बैंकको ओरालो यात्रा: खराब कर्जा आक्रामक रुपमा बढ्दै, सेयरधनीको विचल्ली

लक्ष्मी सनराइज बैंकको ओरालो यात्रा: खराब कर्जा आक्रामक रुपमा बढ्दै, सेयरधनीको विचल्ली

काठमाडौं : लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई निराशा बनाउँदै लगेको छ । बैंकका उपल्लो तहका कर्मचारी मोटाउँदै जाने, नियम कानून विपरित काम गर्दै जाने र सेयरधनीलाई भने बैंकले निकै निराश बनाएको छ । यो कुरा बैंकले प्रकाशित गरेको वित्तीय विवरण र राष्ट्र बैंकले गरेको कारबाहीले समेत पुष्टि गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्दा बैंकको महत्वपूर्ण अधिकांश सूचकहरु घट्दो क्रममा छन् । यता, घट्नु पर्ने सुचकहरु बढ्दो क्रममा छन् । बैंकका मुख्य सूचकहरु नकारात्मक देखिएका छन् ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको बैंकको महत्वपूर्ण सूचकहरु अधिकांश ओरालो लागेका छन् । बैंकको नाफा भने बढेको छ । तर, सेयरधनीले लाभांश पाउने सम्भावना भने छैन । वितरणयोग्य नाफामा ठूलै पहिरो गएको छ । सेयरधनीलाई प्रतिसेयर वितरणयोग्य नाफामा कल्पनामा मात्रै सिमित भएको छ । जसलाई बैंकका सेयरधनीको दृष्टिकोणबाट हेर्दा निकै नै नराम्रो हो । सेयरधीलाई निराश बनाएको बैंकले आफ्नो कर्मचारीलाई भने राम्रै लाभांश दिने गरेको छ । 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ दशमलव ८२ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा २०१.६४ प्रतिशतले बढेर ५.४९ प्रतिशत पुगेको छ । 

बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा बढी हुनुलाई निकै नराम्रो मानिन्छ । बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा कम हुनुलाई ठिकै । नेपालमा रहेको २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी खराब कर्जा हुने बैंक यही नै हो । अन्य बैकको खराब कर्जा ५ प्रतिशत भन्दा कम नै छ । 

यो बैंकको संचालक समितिको अध्यक्षमा रमण नेपाल छन् । यस्तै, दिनेश पौड्याल, मनोज कुमार भट्टराई र स्वाती रुंगटा रहेकी छिन् । बैंकको स्वतन्त्र सञ्चालकमा विद्या बस्न्यात छिन् ।

बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय बिक्रम शाह, सिनियर डेपुटी सीईओ सुमिद भट्टराई, चिफ बिजनेश अफिसर आरती राज्यलक्ष्मी राणा लगायत छन् । उनीहरुले बैंकमा रहेर राम्रो ‘पफरमेन्स’ गर्नुको सट्टा आफ्नो स्वार्थमा काम गर्दा सेयरधनी निराश बन्नु परेको छ । 

खुद नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा  २७.७० प्रतिशतले बढेको छ । 

खुद ब्याज आम्दानी र संचालन नाफा
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा बैंकको नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड २७ लाख ६९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड १७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । 

प्रतिसेयर आम्दानी
सेयरधनी वा सेयर लगानीकर्ताले बैंकमा हेर्ने भनेको प्रति सेयर आम्दानी नै हो । बैंकको प्रति सेयर आम्दानी निकै खस्कँदो छ । 
गत आर्थिंक वर्षको चैत मसान्तमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा थियो । अहिले ३६.४१ प्रतिशतले घटेर ९ रुपैयाँ २९ पैसामा सिमित भएको छ । 
 
प्रतिसेयर नेटवर्थ
सेयरधनीले बैंकको प्रमुख सूचक हेर्दा प्रतिसेयर नेटवर्थलाई पनि निकै चासोका साथ हेर्ने गर्छन । चैत मसान्तमा बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा छ ।  

वितरणयोग्य नाफा
बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चेत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा बैंकको प्रति सेयर लाभांश दिन सक्ने क्षमता ११.५६ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा सेयरधनी तथा लगानीको हात पुर्पुरोमा हुने भएको छ । 

निक्षेप र कर्जा
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा निक्षेप संकलनलाई केही बढाएको भएपनि कर्जा प्रवाहमा बैंक निकै सुस्त देखिएको छ ।

चैत मसान्तमा बैंकले निक्षेप ५.१९ प्रतिशतले बढाएर ३ खर्ब ११ अर्ब ६१ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । तर बैंकले कर्जा प्रवाह भने ०.७३ प्रतिशतले बढाएर २ खर्ब ४९ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा २ खर्ब ४७ अर्ब ८७ करोड १ रुपैयाँ रहेको थियो । 

उठाउन बाँकी ब्याज
बैंकको उठाउन बाँकी ब्याज निकै बढेको छ । चैत मसान्तसम्म बैंकले उठाउन बाँकी ब्याज २०२.६२ प्रतिशतले बढेको छ । गत चैत मसान्तमा बैंकले उठाउन बाँकी ब्याज ५३ करोड ४९ लाख २ हजार रुपैैयाँ रहेको थियो । अहिले २०२.६२ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ८७ लाख ४० हजार रुपैयाँ पुगेको छ । बैंकका कर्मचारीले उठाउँन बाँकी ब्याज समयमा नै नउठाउँदा सेयरधनीले भने लाभंश पाउन बाट बन्चित भएका छन् ।

राष्ट्र बैंकले गर्यो नगद कारबाही
नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई नगद कारबाही समेत गरेको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को तेस्रो त्रैमासमा बैंकलाई कारबाही गरेको हो । 
लक्ष्मी सनराइज बैंकले (साविक लक्ष्मी बैंक) को १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जा मध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी उपयोग गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी भुक्तानी भएको पाइएको छ ।

राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं ६÷८० को बुँदा ८ ( ख) मा भएको व्यवस्था उल्लङ्घन भएको देखिएको भन्दै राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) बमोजिम राजेन्द्र कुमार खेतानलाई १० लाख जरिवाना गरिएको जनाएको छ ।

लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक लि.) बाट प्रवाह भएको कर्जा बैंकका शेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको जनाएको छ । बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकोले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको जनाएको छ ।

Advertisment

थप समाचार