काठमाडौं : सुपर मादी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९ करोड २ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष एक करोड ७ लाख ६० हजार रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले यस वर्ष नाफा बढाएको हो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य बढेपछि खुद नाफा ह्वातै बढेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७०१६.७३ प्रतिशतले बढेर ९४ करोड ५५ लाख २९ हजार रुपैयाँ पुगेको छ । जबकी गत वर्षको सोही अवधमिा कम्पनीले विद्युत् बिक्रीबाट १ करोड ३२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै गत वर्ष १ करोड ३० लाख २१ हजार रुपैयाँ रहेको कुल आम्दानी बढेर यस अवधिमा ९२ करोढ ७७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड २ लाख रुपैयाँबाट बढेर ५६ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
तेस्रो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा छ ।
चैत मसान्तसम्म आइपुग्दा १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको जगेडा कोषमा १० करोड ८४ लाख रुपैयाँ रहेको छ।
Advertisment