Below Menu
Below Menu

विद्युत बिक्री आम्दानी घट्दा घलेम्दी हाइड्रोपावरको नोक्सानी बढ्यो 

विद्युत बिक्री आम्दानी घट्दा घलेम्दी हाइड्रोपावरको नोक्सानी बढ्यो 

काठमाडौं : घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  यस अवधिमा २ करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा एक करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीको नोक्सानी थप बढेको हो । 

यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेका कारण नोक्सानी बढेको हो । चैत मसान्तसम्म आइपुग्दा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी २ करोड २४ लाख रुपैयाँबाट घटेर एक करोड ८३ लाख रुपैयाँमा झरेको छ । 

यस अवधिमा कम्पनीको ब्याज आम्दानी ९७ लाख २३ हजार रुपैयाँ रहेको छ भने वित्तीय खर्च २ करोड २३ लाख रुपैयाँ रहेको छ । 
कम्पनीको प्रतिशेयर आम्दानी १.३३ रुपैयाँ ऋणात्मक रहेको छ भने  प्रतिसेयर नेटवर्थ ९८.६१ रुपैयाँ छ ।

चैतमसान्तसम्म एक अर्ब ६५ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ । 
 

Advertisment

थप समाचार