Below Menu
Below Menu

मोलुङ हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो  

मोलुङ हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो  

काठमाडौं : मोलुङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  यस अवधिमा एक करोड ८१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा दुई करोड ६५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीको नोक्सानी घटेको हो । 

यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेका कारण नोक्सानी घटेको हो । चैत मसान्तसम्म आइपुग्दा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी २ करोड १४ लाख रुपैयाँबाट बढेर दुई करोड १५ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ०.६३ प्रतिशत बढी हो ।

यस अवधिमा कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नोक्सानी घटेको हो । चैत मसान्तस्म्म कम्पनीको वित्तीय खर्च एक करोड ५९ लाख रुपैयाँ रहेको छ । 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २.२७ रुपैयाँ ऋणात्मक रहेको छ भने  प्रतिसेयर नेटवर्थ ७७.५३ रुपैयाँ छ ।

चैतमसान्तसम्म ८० करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको रिटेन्ड अर्निङ १८ करोड ३ लाख रुपैयाँ ऋणात्मक छ । 
 

Advertisment

थप समाचार