काठमाडौं : बुद्ध भूमि नेपाल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिमा ३४ लाख १६ हजार रुपैयाँ रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले नाफा बढाएको हो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेका कारण नाफा बढेको हो ।
चैत मसान्तसम्म आइपुग्दा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १२ करोड ५५ लाख रुपैयाँबाट बढेर १२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा १.९३ प्रतिशत बढी हो ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च भने बढेको छ । चैत मसान्तस्म्म कम्पनीको वित्तीय खर्च सात करोड ३० लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ०.३४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९१.२७ रुपैयाँ छ ।
चैतमसान्तसम्म ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको रिटेन्ड अर्निङ चार करोड ८२ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगसँग पूर्व स्वीकृति मागेको छ ।
कम्पनीले १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा ६० लाख कित्ता हकप्रद जारी गर्न आयोगसँग स्वीकृति मागेको हो । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
Advertisment