Below Menu
Below Menu

ट्रेजरीमार्फत २३ अर्ब ८ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत २३ अर्ब ८ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २३ अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, नौं अर्ब रुपैयाँ बराबरको १८२ दिने र ६ अर्ब ८ करोड रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । 

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी जेठ २२ गते, १८२ दिन अवधिको ट्रेजरी कात्तिक २० गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ बैशाख २३ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि कार्यालयले बैशाख १६ गते दश अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, १३ अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार