Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धान गर्न केयुसँग सहकार्य

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धान गर्न केयुसँग सहकार्य

काठमाडौं : मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्व विद्यालयसँग सहकार्य गरेको छ । 

एक कार्यक्रमबीच बैंकले काठमाडौं विश्वविद्यालय अन्र्तगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला थापा , ग्रीण हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रीण हाइड्रोजन ल्याबले ग्रीण हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ । 

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
 

Advertisment

थप समाचार