काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई २८.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपछि शेयधनीहरुलाई वितरण गरिनेछ ।
Advertisment