काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरले एक करोड १५ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा घटेको छ । तर, कम्पनीको वित्तीय खर्च घट्दा नाफा बढेको हो ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २९ करोड २० लाख रुपैयाँ पुगेको रहेको छ । जबकी गत वर्षको सोही अवधमिा कम्पनीले विद्युत् बिक्रीबाट २९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २.५८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ०२ पैसा छ ।
चैत मसान्तसम्म आइपुग्दा १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको जगेडा कोष १६ करोड ४७ लाख रुपैयाँले ऋणात्मक छ ।
Advertisment