काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.९७ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुबै घटेको हो ।
चैत मसान्तसम्म कम्पनीले विद्युत् बिक्री मार्फत ७८ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दानी २.७० प्रतिशत कम हो । गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ८० करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै गत वर्ष १७ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय आम्दानी घटेर १२ करोड ३६ लाख रुपैयाँमा झरेको छ जसले गर्दा नाफा घटेको हो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९३ पैसा छ ।
चैत मसान्तसम्म आइपुग्दा ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको रिटेन अर्निङ २ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
Advertisment