काठमाडौं : भगवती हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.६८ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरले ५ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेका कारण नाफा बढेको हो । साथै वित्तीय खर्च घटेका कारण पनि नाफामा वृद्धि भएको हो ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १२ करोड ६० लाख रुपैयाँ पुगेको रहेको छ । जबकी गत वर्षको सोही अवधमिा कम्पनीले विद्युत् बिक्रीबाट ११ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको वित्तीय खर्च ६५ लाख ६० हजार रुपैयाँबाट घटेर ५ लाख ५१ हजार रुपैयाँ झरेको छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २५.१५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४१ पैसा छ ।
चैत मसान्तसम्म आइपुग्दा ५७ करोड २० रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको जगेडा कोष ११ करोड ६७ लाख रुपैयाँ जम्मा छ भने शेयर प्रिमियममा २ करोड २८ लाख रुपैयाँ रहेको छ ।
Advertisment