Below Menu
Below Menu

कुमारी बैंकको एक लाख ८ हजार कित्ता शेयर बिक्रीमा 

कुमारी बैंकको एक लाख ८ हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंकले एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ८ हजार ४४ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खदि गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

उक्त शेयरको न्युनतम प्रतिकित्ता मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्सालमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कान्ुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा शेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

 

Advertisment

थप समाचार