Below Menu
Below Menu

मिड सोलु हाइड्रोपावरको विद्युत बिक्री आम्दानी २० करोडमाथि, नाफा १२३.१२ प्रतिशतले बढ्यो 

मिड सोलु हाइड्रोपावरको विद्युत बिक्री आम्दानी २० करोडमाथि, नाफा १२३.१२ प्रतिशतले बढ्यो 

काठमाडौं : मिड सोलु हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १२३.१२ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरले ९६ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेका कारण नाफा बढेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २० करोड ३८ लाख रुपैयाँ पुगेको रहेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ७ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस अवधिमा कम्पनीको वित्तीय खर्च ४ करोड २६ रुपैयाँबाट बढेर १० करोड ९ लाख रुपैयाँ पुगेको छ । 

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ३.८५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ६३ पैसा छ ।
चैत मसान्तसम्म आइपुग्दा ७४ करोड ८४ रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको जगेडा कोष १ करोड ९७ लाख रुपैयाँ जम्मा छ ।
 

Advertisment

थप समाचार