काठमाडौं : अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २८३.६० प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरले एक ८ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेका कारण नाफा बढेको हो । साथै वित्तीय खर्च घटेका कारण पनि नाफा बढ्न पुगेको हो ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५५ करोड ४० लाख रुपैयाँ पुगेको रहेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५३ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च ३० करोड ७३ रुपैयाँबाट घटेर २८ करोड ६२ लाख रुपैयाँमा झरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ३.०७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ६५ पैसा छ ।
चैत मसान्तसम्म आइपुग्दा एक अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको जगेडा कोष ४ करोड ५२ लाख रुपैयाँ जम्मा छ ।
Advertisment