काठमाडौं : तारागाउँ रिजेन्सी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधमिा ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३९.५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा होटलले २३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा होटलको सञ्चालन आम्दानी र अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ११.४२ प्रतिशतले बढेर एक अर्ब ९६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ९० करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै चैत मसान्तसम्म आइपुग्दा होटलको अन्य स्रोतबाट हुने आम्दानी १९.१२ प्रतिशतले बढेर १३ करोड २ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १२.२५ प्रतितशले बढेको छ ।
चैत मसान्तसम्म आइपुग्दा नाफा बढेसँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको । यस अवधिमा कम्पनीको इपीएस ५.७७ रुपैयाँ बढेर २२.६५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३७.१९ रुपैयाँ रहेको छ ।
Advertisment