काठमाडौं : सरकारले पाँच अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८६ बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैशाख ३० गतेदखि पाँचवर्षे अवधिको ८ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र बिक्री गर्न लागेको हो ।
अर्धवार्षिक रुपमा ब्याजदर भुक्तानी हुने उक्त बचतपत्र जेठ ३० गतेसम्म बिक्री गर्ने कार्यालयले जनाएको छ । असार ४ गतेदेखि निष्कासन हुने उक्त बचतपत्रको साँवा–भुक्तानी २०८६ असार ४ गते हुनेछ ।
उक्त बचतपत्रको सीमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कार्यालयले जनाएको छ ।
बचतपत्र नेपाली नागरिक र गैर आवसीय नेपाली नागरिक समेत खरिद गर्न पाउेछन् । कार्यालयका अनुसार बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाउने सुविधाको व्यवस्था रहेको छ । इच्छुक खरीदकर्ताले नागरिक बचतपत्र खरीद गर्नका अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
यसका अतिरिक्त कार्यालयको वेबसाइटबाट नागरिक बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा अनलाइन फाराम भर्न सकिने छ ।
Advertisment