काठमाडौं : सोल्टी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा होटलले ३७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा होटलको सञ्चालन आम्दानी र अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण नाफा बढेको हो । यसका साथै पर्यटन आगमन बढेसँगै होटलको व्यापार बढ्दा नाफामा वृद्धि भएको हो ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ११.३८ प्रतिशतले बढेर ५१ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ४६ करोड ३ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै चैत मसान्तसम्म आइपुग्दा होटलले व्यवसायबाट एक अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा १.३८ प्रतिशतले बढी हो । गत वर्ष होटलले एक अर्ब ५० करोड ९२ लाख रुपैयाँ पुगेको आम्दानी गरेको थियो ।
चैत मसान्तसम्म आइपुग्दा नाफा बढेसँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको । यस अवधिमा कम्पनीको इपीएस ०.२४ रुपैयाँले बढेर ४.४४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४.५८ रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म ९२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको रिजर्भ कोषमा एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
Advertisment