Below Menu
Below Menu

११० प्रतिशतले बढ्यो मुक्तिनाथ कृषि कम्पनीको व्यापार, नाफा २ करोड १२ लाख

११० प्रतिशतले बढ्यो मुक्तिनाथ कृषि कम्पनीको व्यापार, नाफा २ करोड १२ लाख

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसैअवधिमा कम्पनी २ करोड ९९ लाख रुपैयाँ खुद घाटामा थियो । कम्पनीको आम्दानी उल्लेख्य बढेपछि खुद नाफा धनात्मक भएको हो।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ११०.६३ प्रतिशत बढेर ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल नाफा २३३.४६ प्रतिशत बढेको छ भने कुल आम्दानी २३१.१९ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च ४३.०९ प्रतिशत मात्र बढेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २२८.८७ गुणा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ करोड ३७ लाख रुपैयाँ ऋणात्मक छ।

Advertisment

थप समाचार