Below Menu
Below Menu

निर्जीवन बीमा कम्पनीको नाफा साढे ५ अर्बमाथि, सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्स

निर्जीवन बीमा कम्पनीको नाफा साढे ५ अर्बमाथि, सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं : समग्र बैंक तथा वित्तीय क्षेत्र आर्थिक मन्दीले ग्रसित बनिरहेको बेला बीमा क्षेत्रको व्यवसायमा भने वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांक हेर्दा निर्जीवन बीमा कम्पनीहरुको व्यापार बढेको पाइएको छ । 

चैत मसान्तसम्म कम्पनीहरूले साढे ५ अर्ब खुद नाफा कमाएका छन् । कम्पनीहरूले प्रकाशित गरेको चालु आव २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा ५५.०६ प्रतिशतले नाफा बढेको देखिएको हो । 

यस अवधिमा सञ्चालनमा रहेको १४ बीमा कम्पनीहरुले ५ अर्ब ६५ करोड १३ लाख  ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ६४ करोड ४६ लाख २१ हजार रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा अधिकांश कम्पनीका नाफा बढ्दा नेको इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको नाफा भने घटेको छ । गत वर्ष घाटामा रहेको नेशनल इन्स्योरेन्स भने नाफा बढाएको छ । 

गत वर्ष २ करोड १९ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले चालु आवको चैत मसान्तसम्म आइपुग्दा नाफा बढाएर १४ करोड १० लाख ३३ हजार रुपैयाँ पुर्याएको छ। 

चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा भने १०१.१३ प्रतिशत बढी हो ।

त्यसैगरी धेरै नाफा कमाउनेको दोस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १६२.८६ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सको नाफा २३ करोड ७ लाख रुपैयाँ रहेको थियो । 

यस अवधिमा शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढेको छ भने आईजीआई प्रुुडेन्सियलले १८१.०४ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५९ करोड ७१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तेस्रोे त्रैमासको तुलनामा १०९.६६ प्रतिशत बढी हो । 

चालु आवको नौ महिनामा सगरमाथा लुम्बिनीले ४७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सले ३.२५ प्रतिशतले नाफा बढाँउदा दि ओरियन्टलले ४६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस अवधिमा प्रभु इन्स्योरेन्सको नाफा २३७.१८ प्रतिशतले बढेको छ । त्यसैगरी सानिमा जिआइसीले २१.८० प्रतिशतले नाफा बढाउँदा युनाइटेड अजोडले २७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

दुई कम्पनीको नाफा घट्यो 

गत वर्ष ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा ५१ करोड ६३ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने २४.७८ प्रतिशतले कम हो । 

त्यस्तै चालु आवको नौ महिनामा आइपुग्दा नेको इन्स्योरेन्सको नाफा पनि घटेको छ । गत वर्ष ३८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीको नाफा तेस्रो त्रैमासमा आइपुग्दा १.६९ प्रतितशले घटेर ३७ करोड ७४ लाख रुपैयाँमा झरेको हो । 


 

Advertisment

थप समाचार