Below Menu
Below Menu

अपर तामाकोशी हाइड्रोपावरले बेच्यो साढे ६ अर्बको बिजुली, घटाउँदै नोक्सानी 

अपर तामाकोशी हाइड्रोपावरले बेच्यो साढे ६ अर्बको बिजुली, घटाउँदै नोक्सानी 

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनी एक अर्ब ३९ करोड नोक्सानीमा रहेको छ । 

गत वर्ष २ अर्ब २ करोड रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले नोक्सानी घटाएको हाे । तेस्रो त्रैमासम्म् आइपुग्दा विद्युत बिक्री आम्दानी बढेपछि हाइड्रोपावरले नोक्सानी घटाएको हो । 

साथै वित्तीय खर्च घटेका कारण पनि नोक्सानी घटेको हो । समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७.६४ प्रतिशतले बढेको छ । त्यस्तै व्त्तिीय आम्दानी ४९.१८ प्रतिशतले घटेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६ अर्ब ५३ करोड २ लाख रुपैयाँ पुगेको रहेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस अवधिमा कम्पनीको वित्तीय खर्च ५ अर्ब ११ करोड ३९ लाख रुपैयाँबाट घटेर ४ अर्ब ६९ करोड ७५ लाख रुपैयाँमा झरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ८.७६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ २५ पैसा छ ।

चैत मसान्तसम्म आइपुग्दा २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको रिटेन्ड अर्निङ ८ अर्ब ६९ करोड ऋणात्मक रहेको छ । 
 

Advertisment

थप समाचार