काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.६३ अंकले बढेर १९६६.२३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा श्रीजनशील लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment