Below Menu
Below Menu

आम्दानी बढेसँगै सिटि होटलले घटायो नोक्सानी 

आम्दानी बढेसँगै सिटि होटलले घटायो नोक्सानी 

काठमाडौं : सिटी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिम कम्पनीले २१ करोड ६१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । चैत मसान्तसम्म आइपुग्दा होटलको सञ्चालन आम्दानी र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै होटलले नोक्सानी घटाएको छ । 

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १३.१५ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ रहेको थियो । 

त्यस्तै चैत मसान्तसम्म आइपुग्दा होटलले व्यवसायबाट ४२ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २२.९३ प्रतिशतले बढी हो । गत वर्ष होटलले ३४ करोड २३ लाख रुपैयाँ पुगेको आम्दानी गरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २४ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा रहेको छ ।
 

Advertisment

थप समाचार