काठमाडौं : नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरण लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै कम्पनीको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको हो ।
कम्पनीले बैंकबाट २०७६ फागुन २१ गते भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न लाइसेन्स लिएको थियो । अनुमतिपत्र लिएपनि इ–नेट पेमेन्टले बैंकको निर्देशनको परिपालना नगरेको भन्दै राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो ।
राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएकोमितिले३१ औं दिन देखि लागू हुने गरी खारेज गरेको हो ।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले जनाएको छ ।
Advertisment