काठमाडौं : सरकारले उत्पादन, उत्पादकत्व र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी विषयलाई उच्च प्राथमिकतामा राखेको बताएका हन् ।
‘देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठुलो मात्रामा रोजगारी सिर्जना गर्न तीनै तह निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ’, सरकारको कार्यक्रम रहेको छ ।
सरकारले विभिन्न निकायमा रहेका उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई एक अर्काका परिपुरक ह्ने गरी सम्भाव्यता र समन्वयका आधारमा एकीकृत रुपमा कार्यान्वयन गरिने जनाएको छ । कृषि क्षेत्रको उत्पादन उत्पादकत्व वृद्धि आधुनिकीकरण व्यवसायीकरण एव बजारी करणको उत्कृष्ट मार्गचित्र तयार गरी कार्यान्वयनमा ल्याइने र कृषि इकोसिस्टम कार्यान्वयन गरिने सरकारले जनाएको छ ।
Advertisment