Below Menu
Below Menu

सबै स्थानीय तहमा पाइने कृषि बाली दर्ता गरिने

सबै स्थानीय तहमा पाइने कृषि बाली दर्ता गरिने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहका बालीलाई दर्ता गर्ने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै बालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सबै स्थानीय तहमा पाइने बालीलाई दर्ता गर्ने बताक्एा छन् ।

यसैगरी आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा कृषि पशुपन्छी तथा माछा पालनलाई सूचना प्रविधिमा जडान गर्दै उत्पादकत्व बढाइने जनाइएको छ । एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयनका लागि स्थानी तहलाई प्रोत्साहन गरिनेछ ।

कृषियोग्य बाँझो जमिनमा पशुपालनसहित कृषिखेती गर्न प्रोत्साहन गरिनेछ । कृषि चक्र सुरु हुनु अगावै कृषि क्षेत्रलाई चाहिने आवश्यक वस्तुको व्यवस्थापन र आधार मूल्य तोक्ने समेत सरकारको घोषणा छ ।

सरकारले रोजगारी र उत्पादकत्वलाई प्राथमिकतामा राखी कृषिमा लगानी दशक घोषणा गरेको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, बजारीकरणलाई एकीकृतरुपमा कार्यान्वयनमा ल्याइने छ भने कृषि पशुपन्छीपालन र वनको अन्तरसम्बन्धता स्पष्ट पार्नेगरी भू–उपयोगमा आधारित कृषिमा आधारित अर्थतन्त्र विकास गर्ने सरकारको योजना छ । 

Advertisment