काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ।
Advertisment