काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समिक्षा माफर्त लचिलो नीति लिएको छ ।
राष्ट्र बैंकले कर्जा लगानी नबढपछि मौद्रिक निितमा थप लचकता अपनाएको हो । हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशतमा झारेको छ । यस अघि । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने त्यस्तो जोखिमभार १२५ प्रतिशत रहेको थियो ।
यसका साथै राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको छ ।
Advertisment