काठमाडौं : नेपाल राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउ पर्ने कर्जा नोक्सानी ब्यवस्था (प्रोभिजन) घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै असल ऋणको लागि छुटटयाउनु पर्ने प्रोभिजन ०.०५ प्रतिशतले घटाएको हो ।
तेस्रो समिक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतमा झारेको हो । यस अघि यस्तो कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत रहेको थियो ।
Advertisment