Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण

काठमाडौं : मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ । बैंकले रम्भादेवी आधारभूत विद्यालयका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको हो ।

बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले नवलपुरको वुलिङटार स्थित रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा ०५ सम्मका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरु, विद्याथीहरुको उपस्थिति रहेको थियो । 

यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने  विश्वास बैंकले लिएको छ ।
 

Advertisment

थप समाचार