Below Menu
Below Menu

राष्ट्रिय बाणिज्य बैंकको सीईओका लागि ५ जनाको सर्टलिष्ट, को– को परे ? 

राष्ट्रिय बाणिज्य बैंकको सीईओका लागि ५ जनाको सर्टलिष्ट, को– को परे ? 

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि पाँच जनाको नाम छनाेटमा परेको छ । बैंकको सिईओ छनोटको सिफारिस उप–समितिले आवेन दिएकामध्ये पाँच जना उम्मेदवारको सर्टलिष्ट तयार गरेको हो । 

जसमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर के सी रहेका छन् । आइतबार बसेको उपसमितिको बैठकले सिईओको सर्ट लिस्ट तयार गरेको हो । 

यसका साथै उक्त बैठकले सट लिस्टमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि जेठ ९ गते बुधवारलाई मिति तोकको छ । बैंकको सिईओका लागि २० जनाले आवेदन दिएका थिए । बैंकले गत बैशाख ७ गतेदेखि २१ दिनको म्याद राखेर सिइओ पदका लागि दरखास्त खुलाएको थियो ।

Advertisment

थप समाचार