काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको बैशाख महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकमा ४२.९४ प्रतिशत अर्थात २३ अर्ब करोड ८९ करोड ५८ लाख रुपैयाँ तरलता रकम रहेको छ ।
यस अवधिमा २ अर्ब १० करोड १० लाख रुपैयाँ शेयर पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा कुल बचत ५५ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
बैंकले यस अवधिमा २७ अर्ब ३४ करोड ९४ लाख रुपैयाँ ऋण लगानी गरेको छ भने कुल ऋणी सहकारी सदस्य संख्या एक हजार ५५९ रहेको छ । बैंकको कुल शेयर सदस्य संख्या १६ हजार ३११ रहेका छन् ।
यस अवधिमा बैंकको कुल संस्थागत शेयर पुँजी एक अर्ब ४७ करोड ३१ लाख रुपैयाँ छ भने विभिन्न कोषमा जम्मा रकम १७ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै बैंकको कुल सम्पत्ति ६४ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
Advertisment