Below Menu
Below Menu

प्रभु बैंकको १० लाख कित्ता शेयर बिक्रीमा 

प्रभु बैंकको १० लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : प्रभु बैंक लिमिटेडले १० लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । विद्यमान संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी १० लाख २४ हजार ३१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

बैंकले ३ लाख ६८ हजार ८४ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र र ६ लाख ५६ हजार २३४ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर खरिदका लागि आगामी ३५ दिनभित्र र सर्वसाधारणमा जारी भएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा पेश गर्नुपर्नेछ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा यस अघि विक्री हुन नसकेको शेयर सर्वसाधारणमा जारी गरेको हो । 

विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गरिएको शेयरका तोकिएको समयमा आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिने बैंक जनाएको छ । 
 

Advertisment

थप समाचार