काठमाडौं : दुई बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख २५ हजार ८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले ७ हजार ६४२ कित्ता र कुमारी बैंकले ७ लाख १७ हजार ४४० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले गरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा र कुमारी बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने बैंकहरुले जनाएका छन् ।
Advertisment