काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देबेन्द्र रमण खनाल नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाल चार वर्षे कार्यकालको लागि सिईओमा नियुक्त गरेको हो ।
बैंकको सिईओ पदका लागि गत चैतमा आवेदन माग गरिएको थियो । आवेदन दिएका मध्येबाट पाँच जनाको नाम छनोट गरिएको थियो । कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्ट लिष्ट परेका थिए ।
छनोटमा परेका मध्ये खनाललाई सरकारले ४ वर्षको जिम्मेवारी दिएको हो । उनी राष्ट्रिय वाणिज्य बैंककै कर्मचारी हुन् । व्यवस्थापनमा स्नाकोत्तर, कानुनमा एलएलबी गरेका खनाल २०६४ सालमा आठौ तहबाट बैंकमा सेवा प्रवेश गरेका थिए ।
बैंकको सीईओबाट किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि कायम मुकायम सीईओको जिम्मेवारी उनलाई नै दिइएको थियो ।
Advertisment