काठमाडौं : आईसीएफसी फाइनान्स कम्पनीले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ।
Advertisment