Below Menu
Below Menu

छ क्यासिनोले तिरेनन् ३१ करोड ६५ लाख बढी रोयल्टी 

छ क्यासिनोले तिरेनन् ३१ करोड ६५ लाख बढी रोयल्टी 

काठमाडौं : क्यासिनोका सञ्चालकले सरकारलाई लामो समयदेखि कर तिर्न अटेरी गरेको पाइएको छ । तारे होटल तथा विभिन्न ठाउँमा क्यासिनो सञ्चालन गर्दै आएका सञ्चालकले रोयल्टी नतिरेको देखिएको हो । 

क्यासिनो सञ्चालन गरेबापत पाउनुपर्ने रकम पाउने सरकारी संस्थाले पनि वार्षिक रकम जोडदै जाने काम मात्रै गरेका छन्। 

गत वर्षदेखि ६ क्यासिनो सञ्चालकहरूले ३१ करोड ६५ लाख ४९ रुपैयाँ रोयल्टी दाखिला नगरेका पाइएको छ। महालेखा परीक्षकले आइतबार सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनले यस विषय औंल्याएको हो।

क्यासिनो नियमावली २०७० अनुसार ६ महिनाभित्र रोयल्टी बुझाउनुपर्ने र समयमा नबुझाए थप शुल्क र वार्षिक थप शुल्क बुझाउनु पर्ने प्रावधान छ । ‘बक्यौता रकम र त्यसमा लाग्ने थप शुल्क असुल गर्नुपर्दछ’ प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै क्यासिनो व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि क्यासिनो नियमावली २०७० को नियम ३६ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका बनाई लागु गर्नुपर्ने रहेकोमा हालसम्म निर्देशिका तयार नभएको महालेखाले औंल्याएको छ ।

Advertisment

थप समाचार