काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ३३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ९१ दिने, एघार अर्ब रुपैयाँ बराबरको १८२ दिने र १२ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण र नयाँ जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार ९१ दिन अवधिको ट्रेजरी भदौ ११ गते, १८२ दिन अवधिको ट्रेजरी मंसिर ११ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ जेठ १४ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि कार्यालयले बैशाख २३ गते आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, नौं अर्ब रुपैयाँ बराबरको १८२ दिने र ६ अर्ब ८ करोड रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment