काठमाडौं : चिरख्वा हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १२ लाख ४१ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ। पुस मसान्त मसान्तसम्म यस कम्पनीले ८ लाख ७९ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
हालसम्म यस कम्पनीले विद्युत् बिक्रीबाट कुनै आम्दानी गरेको छैन । तसर्थ कम्पनीको आम्दानीको कुनै स्रोत नभएका कारण नोक्सानीमा रहेको हो।
चैत मसान्तसम्म आइपुग्दा ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेड अर्निङ ४७ लाख ५ हजार रुपैयाँ ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३१ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ८२ पैसा छ ।
Advertisment