Below Menu

हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न युनाइटेड अजोडले डाक्यो विशेष साधारणसभा 

हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न युनाइटेड अजोडले डाक्यो विशेष साधारणसभा 

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ३१ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। उक्त सभाम सो दिन बिहान साढे १० बजे शुरु हुनेछ।

Sponsored Advertisement

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात हाल कायम १०० कित्ता बराबर १५ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले जेठ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार जेठ २४ गतेसम्म कायम शेयरधनीहरुले सो विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

थप समाचार