Below Menu

गृहमन्त्रीको घोषणाः महिनावारीको समयमा महिला ट्राफिकले सडकमा डिउटी गर्नु नपर्ने

गृहमन्त्रीको घोषणाः महिनावारीको समयमा महिला ट्राफिकले सडकमा डिउटी गर्नु नपर्ने

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने घोषणा गरेका छन् । गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

Sponsored Advertisement

महिनावारीका कारण सडक डिउटीमा नरहेका महिना ट्राफिकको सट्टा सडकमा मापसे लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयं सेवकको रुपमा सघाउने गृहमन्त्री लामिछानेले बताएका छन् । 

‘यनले भनेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’ 

थप समाचार