Below Menu
Below Menu

राष्ट्र बैंकले १३ करोड २६ लाख रुपैयाँ ब्याजमा लगानी गर्दै

राष्ट्र बैंकले १३ करोड २६ लाख रुपैयाँ ब्याजमा लगानी गर्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको १३ करोड बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै कोषको १३ करोड २६ लाख रुपैयाँ एक वर्षको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम २०८१ असार २ गतेदेखि २०८२ असार २ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १० करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा एक करोड ९८ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६६ लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । 

बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी जेठ १७ गते राती १२ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार