काठमाडौं : सरकारले १० वर्षमा ३० खर्बको आईटी निर्यात गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने बताए ।
सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिजर्ना गर्ने व्यवस्था गरिने पनि उनको भनाइ छ । उनले सूचना प्रविधिलाई अर्थतन्त्रको सम्बाहक बनाइने भन्दै नेपालमा सूचना प्रविधिमा डाटा सुरक्षा गर्ने व्यवस्था मिलाउने बताए ।
Advertisment