Below Menu
Below Menu

पोखराको दिर्घायु अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकलाई विशेष छुट

पोखराको दिर्घायु अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकलाई विशेष छुट

पोखरा : मुक्तिनाथ विकास बैंक लि आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको “दिर्घायु पोखरा अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले “दिर्घायु पोखरा अस्पताल” कोे विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स-रे, औषधी , आदिमा विशेष २० प्रतिशतसम्म छुट  प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 
त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए।

Advertisment

थप समाचार