Below Menu
Below Menu

साँच्चैका सहकारी सङ्कटग्रस्त हुँदैनन्, ठगेर खानेहरू सहकारीमा प्रवेश गर्दा समस्या: ओली

साँच्चैका सहकारी सङ्कटग्रस्त हुँदैनन्, ठगेर खानेहरू सहकारीमा प्रवेश गर्दा समस्या: ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही सहकारी सङ्कटग्रस्तभएको बताएका छन् । ओली भने, `साँच्चैका सहकारी सङ्कटग्रस्त हुँदैनन्, ठगेर खानेहरू सहकारीमा प्रवेश गर्दा समस्या देखिएको हो ।´

पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमाडौँमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै उनले सहकारी संस्थाहरू बदनामर सङ्कटग्रस्त नभएको जिकिर समेत गरे । सहकारीहरू नियममा बसेर अघि बढ्ने बताउँदै उनले जसकारण समस्या व्यहोर्नुपर्नेअवस्था नआउने समेत बताए ।

अध्यक्ष ओलीले सहकारीको माध्यामबाट भएपनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए ।

महिला दिदीबहिनीहरूलेसहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुननपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।

Advertisment

थप समाचार