काठमाडौं : पवर्त पैयु खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित असार ३ गते विशेष साधारण सभा बोलाएको छ ।
उक्त सभा काठमाडौं टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि हुनेछ । उक्त सभाले सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको आयोजना,संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment