Below Menu
Below Menu

सोमबार ३० अर्ब ८७ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नविकरण गरिने 

सोमबार ३० अर्ब ८७ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नविकरण गरिने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, दश अर्ब रुपैयाँ बराबरको १८२ दिने र ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण र नयाँ जारी गर्न लागेको हो ।  

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १८ गते ९१ दिन अवधिको ट्रेजरी भदौ १८ गते, १८२ दिन अवधिको ट्रेजरी मंसिर १८ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ जेठ २१ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत जेठ १४ गते कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ९१ दिने, एघार अर्ब रुपैयाँ बराबरको १८२ दिने र १२ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार