काठमाडौं : सन् २०२४ को पाँच महिनामा ५ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार नेपालमा पर्यटक आगमन मासिक औसत एक लाख भन्दा माथि पुगेको छ ।
बोर्डका अनुसार यस अवधिमा विभिन्न देशका ५ लाख ६ हजार २८० विदेशी पर्यटक नेपाल आएका हुन् । गत मार्च र अप्रिल मा पर्यटक आगमन मासिक एक लाख नाघेको छ ।
एक महिना अर्थात मे ९० हजार २८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को सोहि अवधिको तुलनामा १६.०९ प्रतिशत बढी हो । गत वर्षको मे महिनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार सन् २०२२ को मे महिनामा ५४ हजार ९३ जना, सन् २०२१ मा एक हजार ५३१ जना, सन् २०२० मा ३१ जना र सन् २०१९ मा ७८ हजार ३०९ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२४ को जनवरीमा जनवरीमा ७९ हाजर १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक नेपाल आएका छन् ।
विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ । तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन् ।”
सन् २०२४ को मे मा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट ३८ हजार २८८ जना नेपाल आएका हुन् । त्यस्तै सोही अवधिमा चीनबाट ८ हजार ३८१जना, अमेरिकी पर्यटक ८ हजार ५२७ र युकेबाट २ हजार ८०२ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी अप्रिलमा जर्मनबाट एक हजार ३९२, अष्ट्रेलियाबाट २ हजार १९४, फ्रान्सबाट एक हजार २८४ जना, बंगलादेशबाट ३ हजार ४५८ जना २ हजार ९७७ र मेलसियाबाट एक हजार ८१४ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।