Below Menu
Below Menu

निफ्राको ११ लाख ३५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

निफ्राको ११ लाख ३५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ११ लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउने गरी बिक्रीमा आएको छ । 

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा आएको हो । 

बैंकको शेयर खरिदका लागि इच्छुक खरिदकर्ताहरूले आगामी ७ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय बानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

Advertisment

थप समाचार