काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४ हजार ४४० दशमल ८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको मूल्य प्रतिकित्ता १०३ रूपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिमा अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।
Advertisment