Below Menu
Below Menu

कृषि मन्त्रालय भन्छ– ९८ हजार ६२९ मेट्रिक टन रासायनिक मल मौज्दात छ 

कृषि मन्त्रालय भन्छ– ९८ हजार ६२९ मेट्रिक टन रासायनिक मल मौज्दात छ 

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले युरिया, डिएभी र पाृेटास गरी ९८ हजार ६२९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको हो । 

मन्त्रालयका अनुसार हाल मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिटेडसँग ६६ हजार ५६९ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटसँग ३२ हजार ६० मेट्रिक टन मौज्दात रहेको छ । 

यस अवधिमा यूरिया ७१ हजार १३७ मेट्रिक टन, डीएपी १६ हजार २१५ र पोटास ११ हजार २७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । 

ताजा पोस्ट

Advertisment

थप समाचार